बागमती प्रदेशमा बजेट सार्वजनिक गर्ने समय परिवर्तन

लोकप्रिय

हेटौँडा, असार १ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज आइतबार साँझ मात्र बागमती प्रदेश सभामा बजेट प्रस्तुत गरिनेभएको छ ।

दिउँसो ३ बजे प्रदेश सरकारको आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेकोमा प्रदेश सभाले सूचना टाँस गरेर
साँझ ६ः३० बजेका लागि सारिएको हो ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना प्रकाशित गर्दै दिनको ३ः०० बजेका लागि निर्धारण भएको प्रदेश सभाको बैठक विशेष कारणबश ६ः३० बजे बस्ने गरी सभामुखले निर्धारण गर्नुभएको जनाउनुभएको छ ।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले प्रदेश सभाको बैठकमा पेस गर्नु हुने छ ।

प्रदेश सरकारको आगामी आवको बजेट स्वीकृत गर्न आजै साँझ मन्त्रीपरिषद् बैठक बस्दै छ ।
चालु आव २०८१/०८२ का लागि बजेटको आकार बढाएर ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बजेट ल्याइएको थियो ।

ताजा समाचार

Related Articles