जसपा नेपालको बागमती प्रदेश समिति पुनर्गठन

लोकप्रिय

ललितपुर, भदौ १६ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल बागमती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार ललितपुर जिल्लाको बालकुमारीमा आयोजित पुनर्गठन भेलाबाट जय गोलेको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।

जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागका अनुसार समितिको उपाध्यक्षहरूमा जिमी लामा, राजु महर्जन र प्रतिमा शाही रहेका छन् भने मुख्य सचिवमा अर्जुन कुँवर चयन हुनुभएको छ । समितिको सचिवहरूमा दावा छिरी शेर्पा, अजय निराला र लक्ष्मी थापा रहनुभएको छ ।

समितिको अनुशासन आयोगमा शुभरत्न गोले र निर्वाचन आयोगमा रोज मोक्तानलाई चयन गरिएको छ । जसपाको विधानले प्रदेश समिति ५१ सदस्यीय रहने व्यवस्था रहेको छ ।

कार्यक्रममा पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, कार्यकारिणी समिति सदस्य एवम्  बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय समिति सदस्यहरु कृष्णबहादुर घजु, सुनी लामा, लालबहादुर तामाङ, लाक्पा शेर्पा, पञ्चलाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles