गुम्बाको भर्‍याङको ढलान भत्कँदा महिलाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ४ गते । रसुवा जिल्लाको कालिका गाउँपालिका १ ग्राङ बजारमा निर्माणाधीन गुम्बाको भर्‍याङको ढलान भत्कँदा एक महिलाको मृत्यु र एक जना घाइतेभएका छन् ।

गुम्बामा घेवा मनाउने क्रममा उक्त गुम्बाको भर्‍याङको ढलान मंगलबार भत्कन जाँदा भर्‍याङले थिच्न गई स्थानीय वर्ष ४३ की चिर्की तामाङको मृत्यु भएको हो ।

भर्‍याङको ढलान भत्केर चिर्की तामाङ र वर्ष ४० की छोपेमा तामाङ घाइते भएपछि प्रहरी टोलीले उद्धार गरी निज चिर्की तामाङलाई उपचारको लागी रसुवा अस्पताल धुन्चे रसुवा पठाईएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत्यु घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

छोपेमा तामाङको कालिकास्थान स्थित स्थानिय मेडीकलमा उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles