बल्कुकुना खोलामा डुबेर एकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ४ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ बराम्चीका राज कुमार योञ्जनको खोलामा डुबेर मृत्युभएको छ ।

वर्ष २४ का योञ्जन आफ्नो घरबाट करिब दुई कि.मि. पूर्व तर्फ रहेको वडा नं. ६ हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा सोमबार डुबेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

उक्त घटनास्थल प्रहरी चौकी ढाँडेबाट करिब सात कि.मि. पश्चिम र इलाका प्रहरी कार्यालय जलबिरेबाट करिब १४ कि.मि. उत्तर पूर्व पर्ने प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles