७३ जिल्लाबाट १५ सयमा डेंगु पुष्टि

लोकप्रिय

काठमाडौँ, असार ९ गते । ७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका  किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ५०२ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।

डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार बागमतीमा प्रदेशमा ३८०, कोशी प्रदेशमा तीन सय,गण्डकी प्रदेशमा ३०३ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिम प्रदेशमा २१८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको डा।दाहालले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ । सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।

त्यो बाहेक आँखाका उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्त हुने डेंगुका लक्षण हुन्। गिजाबाट रगत बग्ने, तारनतार वान्त हुने, बान्तामा रगत देखिने, चिडचिडापन वा छटपटी हुने वा रिङ्गाटा लाग्ने, अत्यधिक पेट दुख्ने, डाइरिया हुने जस्ता गम्भीर लक्षण देखिन्छन्। डेंगु सङ्क्रमणको उपचार लक्षणका आधारमा गरिन्छ।

चिकित्सकअनुसार प्राय डेंगु सङ्क्रमणका लक्षण आफै हराएर जान्छन्। थोरै केसमा मात्र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउने चिकित्सकको भनाइ छ । डेंगु रोग घरमानै बसेर उपचार गर्न सकिन्छ। सङ्क्रमितले घरमा नै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने र ज्वरो घटाउन प्यारासिटामोल खाना चिकित्सकको सुझाव छ। डेंगु सङ्क्रमण भएको समयमा ब्रुफिन र एन्टिवायोटिन नखान चिकित्सकको सुझाव छ। यदि बिरामीमा गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पतालमा लैजान डा।पुनको आग्रह छ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घ रोगी, पाँच वर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती यसको जोखिममा हुने गर्छन्। यति जोखिम समूहका मानिसमा डेंगु सङ्क्रमण भएमा गम्भीर लक्षण देखिने चिकित्सक बत्ताउँछन्।

लामखुट्टेको टोकाइबाट जोगिन र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन चिकित्सकको सुझाव छ। लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुको सङ्क्रमणबाट बच्ने एक मात्र उपाय हो। लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन पुनको सुझाव छ। उहाँ भन्नुहुन्छ, ‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँ सफा गर्ने, पानी राख्ने भाडा बेलाबेला सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ।’

ताजा समाचार

Related Articles