हेटौँडा, असार १९ गते । बागमती प्रदेशसभाको बैठक आज बिहीबार दिउँसो बस्ने गरी तय गरिएको छ ।
प्रदेश सभा सचिव रामकुमार पौडेलले प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको जानकारी दिनुभयो ।

प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।
यसअघि गत असार १२ र १६ गतेका लागि तोकिएको प्रदेश सभा बैठक विशेष कारणबश भन्दै सूचना टाँस गरेर स्थगित गरी असार १९ गते बिहीबारसम्मका लागि सारिएको थियो ।

बुधबार बसेको कार्यव्यवस्था समितिको बैठकले बिहीबार दिउँसो १ः०० बजे बैठक बस्ने र प्रदेश सभा सदस्यहरुलाई सूचना गर्ने सहमति गरेको हो ।

यसैबीच प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज बिहान १० बजे सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।




