जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट युवक पक्राउ

लोकप्रिय

हेटौँडा, असार १९ गते ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको मनहरी गाउँपालिका-१ मकरी बस्ने २० वर्षीय  पुजन सिङ्ताङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

Related Articles