क्रिकेटका राष्ट्रिय खेलाडीको सम्मान

लोकप्रिय

हेटौँडा, असार २० गते । हेटौँडामा क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. २ को कार्यालयले शुक्रबार क्रिकेटका राष्ट्रिय खेलाडीहरु रिजन ढकाल र शुभ कंसाकारलाई क्रिकेटका खेल सामाग्रीसहित सम्मान गरेको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नं. २ का स्थायी बासिन्दासमेत रहेका ढकाल र कंसाकारलाई वडा कार्यालयमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले खेल सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
नगरउपप्रमुख बानियाँले हेटौँडाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आर्थिक अभावका कारण प्रतियोगिताबाट वञ्चित हुने अवस्था आउन नदिने बताउनुभयो ।

सम्मान एवं खेल सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, वडा सदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो ।
वडा सचिव अमोद प्रसाद मैनालीले दुवै खेलाडीलाई गरी ८० हजार रुपियाँ बराबरको खेल सामाग्री प्रदान गरिएको बताउनुभयो ।

ताजा समाचार

Related Articles