मन्त्री काफ्ले एनआरएनको सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया जाँदै

लोकप्रिय

हेटौँडा, साउन ७ गते । बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको वैदेसिक भ्रमण स्वीकृत गरेको छ ।
ललितपुरको भैंसेपाटीस्थित मुख्यमन्त्रीको सरकारी आवासमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री काफ्लेको वैदेसिक भ्रमण स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकले मन्त्री काफ्लेको तीन वैदेसिक भ्रमण स्वीकृत गरेको छ । मन्त्री काफ्ले दक्षिण कोरियामा हुने गैर आवासीय नेपाली संघ (एनआरएन) को सम्मेलनमा सहभागी हुनु हुँदैछ ।
एनआरएन दक्षिण कोरियाको आयोजनामा हुने उक्त सम्मेलनमा सहभागी हुन मन्त्री काफ्ले बिहीबार दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

ताजा समाचार

Related Articles