चोरीमा संलग्न उद्योगका प्लान्ट ईन्चार्ज पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १० गते । हेटौँडा औधोगिक क्षेत्रभित्र रहेको रबर उद्योग प्रा.लि.बाट मेसिनरी औजार चोरीमा संलग्नभएको अभियोगमा प्रहरीले उद्योगका प्लान्ट ईन्चार्जलाई पक्राउ गरेको छ । बाल्टिन तथा ग्यालिन उत्पादन गर्ने मेसिनमा प्रयोग हुने मेसिनरी औजर र सेन्सर समेत गरी करिब २०/२२ लाख रुपियाँ मूल्य बराबरको सामान चोरी गर्ने उक्त फ्याक्ट्रीमा प्लान्ट ईन्चार्ज तथा स्टोर्स किपरको रुपमा कामकाज गर्ने पुष्पारन्जन दत्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बस्ने वर्ष ४९ का दत्तले चोरी गरेको सिसिटिभी फुटेजबाट देखिएकोमा घटनापछि फरार रहेकोमा खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा भरतपुर महानगरपालिका वडा नं. ४ लंकुबाट नियन्त्रणमा लिएको हो ।
चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles