फरार प्रतिवादी २० वर्षपछि पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ११ गते । जिल्ला प्रहरी परिसर, काठमाडौँले एक जना फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ । सवारी ज्यान सम्बन्धी मुद्दामा फरार रहेका सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिका २ घर भएका वर्ष ५० नानिराम खरेललाई प्रहरीले पक्राउ गरेको हो ।

२०६२ भदौ २५ गते काठमाडौँ जिल्ला तिलगंगा आँखा अस्पताल नजिक सडकमा बा १ ख ७१४४ नं को मिनीबसले नुवाकोट जिल्ला घर भएका वर्ष २७ को कमल तामाङलाई ठक्कर दिइ मृत्यु भए पश्चात् सवारी ज्यान मुद्दामा फरार रहेका खरेललाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले २० वर्षपछि गौशालाबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles