कांग्रेस संसदीय दलको नेताका लागि लामा र बानियाँको उम्मेदवारी

लोकप्रिय

हेटौँडा, साउन १४ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता पदमा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको उम्मेदवारी परेको छ ।
कांग्रेसको संसदीय दलको रिक्त नेताका लागि आज बुधबार निर्वाचन हुँदै छ ।
कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मंगलबार भएको हस्ताक्षरसहितको मतविभाजनमा अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै संसदीय दलको नेता रिक्त भएको थियो । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका लामा र कांग्रेस बागमती प्रदेश समितिका सभापति बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ ।
कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेताका लागि हुने निर्वाचन तालिका अनुसार बुधबार दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।
उम्मेदवारको नाम फिर्ता दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रशासन दिउँसो १ः०० बजेदेखि रहेको निर्वाचन तालिका रहेको छ ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य रहेका छन् । नेता निर्वाचन हुन ५० प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्ने हुन्छ ।
दलको नेता हुन १९ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ ।
संसदीय दलको नेतामा एक भन्दा बढी उम्मेदवार भएमा गोप्य मदतानबाट नेता निर्वाचत गर्ने व्यवस्था कांग्रेस संसदीय दलको विधानमा रहेको छ ।

ताजा समाचार

Related Articles