काठमाडौँ महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

लोकप्रिय

काठमाडौँ, भदौ २१ गते ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो । 

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा विनोद विजुक्छेले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उहाँको पार्थिक सरीरलाई श्रद्धाञ्जली दिनका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । 

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्नुभएको थियो ।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles