प्रवक्ताको जिम्मेवारी मन्त्री तामाङलाई

लोकप्रिय

हेटौँडा, साउन २० गते । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ ।
नवगठित सरकारको मंगलबार बसेको पहिलो मन्त्रीपरिषद् बैठकले मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । बाढी पहिरोलगायतका कारण हुने सम्भावित प्राकृतिक प्रकोपलाई दृष्टिगत जोखिम न्यूनीकरण, प्रतिकार्यलगायतका कार्य गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समन्वय गर्ने र उद्धार राहतलगायतका आन्तरिक मामिला तथा कानुनमन्त्री संयोजकत्वमा उच्चस्तरीय एकीकृत संयन्त्र गठन गर्ने निर्णय गर्ने निर्णय गरेको मन्त्री तामाङले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेशभित्र बाढी पहिरो जस्ता प्राकृतिक विपत्तीको कारण बासस्थान गुमेकाहरुलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने निर्णय मन्त्री परिषद् बैठकले निर्णय गरेको छ ।
त्यसैगरी प्रदेशसभाबाट पारित गरेको संकल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय मन्त्री परिषद् बैठकले गरेको उहाँले बताउनुभयो ।
प्रदेशभित्र बसोबास गर्ने वनकरियालगायतका अति विपन्न सिमान्तकृत समुदायको उचित बासस्थानलाई उच्च प्राथमिकता दिने र स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययनका छात्रवृत्ति उपलब्ध गराउने निर्णय बैठकले गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles