खासकुरा संवाददाता
हेटौँडा, साउन २३ गते । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौँडाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. ४ कमलडाँडास्थित उदयपुरगढी गाउँपालिका वडा नं. १ घर भई हाल हेटाँैडा ४ कमलडाँडामा डेराकोठा भाडामा लिई बस्ने वर्ष २४ को दिल बहादुर सार्की र हेटौँडा १ चौकीटोल बस्ने वर्ष २४ को कुमार लोलाई प्रहरीले पक्राउ गरेको हो । निजलाई खानतलासी गर्ने क्रममा स्टिलको बाकसमा चप्पलभित्र लुकाई राखेको अवस्थामा ६ ग्राम ७२० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त लागूऔषध बरामद गरी निजहरु दिल बहादुर र कुमारलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

यस्तै प्रहरीले मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नं. १० सिमाचोकस्थित फेमस तास हाउस होटल अगाडिबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । फेमस तास हाउस होटल अगाडि पाकिीङमा ना २३ प ६८३७ नं. को मोटरसाइकलमा बसिरहेका हेटौँडा ११ नवलपुर बस्ने वर्ष ३० को विशाल पौडेल र वडा नं. १२ पदमपोखरी बस्ने वर्ष २९ को पाल्डुव लामालाई प्रहरीले पक्राउ गरेको हो । निजहरुको साथबाट लागूऔषध अनरेक्स एक सय एमएलकको १५ बोतल फेला परी विशाल पौडेल र पाल्डुवलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।




