विद्युतीय सवारी साधन भित्रिए

लोकप्रिय

रसुवा, भदौ २१ गते

रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको डेढ महिनामा रसुवागढी नाकाबाट नेपाल भित्रिएका तीन सयभन्दा बढी चिनियाँ बिद्युतिय सवारी साधनको भन्सार असुली भएको जनाएको छ ।

नेपाली व्यवसायीमार्फत नेपाल ल्याईएका विभिन्न खाले तीन सय छ वटा बिद्युतीय सवारी साधनको भन्सार प्रक्रिया पूरा गरिसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकले जानकारी दिनुभयो ।

यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार र भ्यान रहेका छन् । रसुवागढी नाका हुँदै नेपाल भित्रिएका अन्य सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् ।

सरकारले पेट्रोलियम गाडीको आयातमा निरुत्साहित र विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिएसँगै विद्युतीय सवारी साधन आयात उल्लेख्य मात्रामा बढेको हो ।

ताजा समाचार

Related Articles