बसले ठक्कर दिँदा पैदलयात्रु घाइते

लोकप्रिय

हेटौँडा, साउन ३० गते । हेटौँडा उपमहानगरपालिका १० स्थित प्रकाश होटल नजिकै बाइपास रोडमा यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रु गम्भीर घाइते भएका छन् । काठमाडौँबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २७२७ नं.को यात्रुवाहक बसले शुक्रबार बिहान १ः४० बजेको समयमा पैदलयात्री हेटौँडा ५ शान्तिनगर बस्ने वर्ष ३५-४० को अजय लामालाई ठक्कर दिँदा लामा गम्भीर घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने उहाँको हेटौँडा अस्पताल मकवानपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा पठाइएको छ । बस र बसका चालक सप्तरीको सुरुङ्गा नगरपालिका १ सिसुवारी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका ११ प्रगतीटोल बस्ने वर्ष ४२ का यादेन्द्र कुमार राउत जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा छन् ।

ताजा समाचार

Related Articles