हरेक वर्ष अन्तर प्रदेश खेलकुद गर्ने निर्णय

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २१ गते ।
सातै वटा प्रदेश खेलकुद विकास समिति हरेक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सहमत भएका छन् । हेटौँडामा भएको सात वटै प्रदेशका प्रदेश खेलकुद परिषद्का सदस्य सचिवको बैठकले हरेक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सहमती निर्णय गरेका हुन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सातै वटा प्रदेशले हरेक वर्ष आलोपालो रुपमा आयोजना गर्नसमेत सहमत भएका छन् ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा यहाँ बसेको बैठकले हरेक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्नेे निर्णय गरेको परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनामा बागमती प्रदेशले आयोजना गर्दै छ । उक्त प्रतियोगितामा सहसभागी हुने प्रदेशहरुले खेलाडी, प्रशिक्षकलगायतका टिम तयारी आफ्नै खर्चमा गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीय तहबाट नै खेलाडी छनौट गरि प्रदेश टिम बनाउने गरी छलफल भएको छ ।
अन्तर प्रदेश खेलकुदमा प्रदेशका टिम मात्र सहभागी हुन पाउने छन । प्रथम प्रदेश खेलकुद आयोजनाका लागि बागमती प्रदेशले यसअघि नै निर्णय गरिसकेको छ ।

ताजा समाचार

Related Articles