चट्याङ लागेर मकवानपुरको मनहरीमा एकको मृत्यु, सात जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ३ गते । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा मंगलबार दिउँसो एक जनाको मृत्यु र सात जना घाइते भएका छन् ।
स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका लागि आएका सोही स्थानको दैलीडाँडा बस्ने विशाल ब्लोनको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दिउँसो परेको चट्याङ लागेर ४२ वर्षीय ब्लोनको घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो ।
चट्याङ लागेर घाइते हुनेमा मनहरी गाउँपालिका ६ हाङलाङका १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ति नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान रहेका छन् । घाइतेहरुको मनहरी अस्पतालमा उपचार भएको र अवस्था सामान्य रहेकको प्रहरीकको भनाई छ ।
यसैबिच मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले घाइतेका परिवारलाई १० हजार सहयोग व्यक्तिगत रुपमा गर्नुभएको छ । घाइतेको उपचार गाउँपालिकाले गर्ने जनाएको छ ।

ताजा समाचार

Related Articles