सांसदहरूको हस्ताक्षर सङ्कलन

लोकप्रिय

काठमाडौँ, भदौ ३ गते। नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले काँग्रेसका सांसदहरूको हस्ताक्षर सङ्कलन विषयमा आवश्यकता अनुरूप विशेष प्रयोजनको लागि राखिएको बताउनुभएको छ । पत्रकारहरूको प्रश्नको जवाफमा प्रमुख सचेतक घिमिरेले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरमाथि महाअभियोगको प्रस्ताव भने आज पेस नहुने जानकारी दिनुभयो ।

उहाँले आवश्यक परिस्थितमा पार्टीका सांसदहरू जिल्ला र देश बाहिर पनि हुन सक्ने हुँदा उहाँहरूको स्वीकृतिको लागि पार्टीले हस्ताक्षर सङ्कलन गरेर राख्ने परम्परा रहेको पनि जानकारी दिनुभयो । यसै गरी सत्ता गठबन्धन दल नेकपा एमालेले पनि आफ्ना पार्टीका सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको छ ।

ताजा समाचार

Related Articles