लागूऔषधसहित चार जनालाई पक्राउ

लोकप्रिय

हेटौँडा, भदौ ६ गते । मकवानपुर प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–३ लेवट बस्ने १९ वर्षीय दिपेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध हेटौंडा उपमहानगरपालिका–१३ बनस्पति बस्ने २२ वर्षीय सुशान्त थोकरसँग खरिद गरेको खुल्न आएपश्चात प्रहरीले सुशान्तलाई समेत पक्राउ गरेको छ ।
यस्तै अस्थायी प्रहरी पोष्ट थानाभ¥याङबाट गस्तीमा खटिएको प्रहरी टोलीले हेटौँडा ११ थानाभ¥याङ स्थितमा शंकास्पद अवस्थामा बसिरहेका स्थानीय वर्ष ३१ का सञ्जय बि.क. र वर्ष २४ का किरण सुनारको साथबाट लागूऔषध ट्रामाडोल ९ क्यापसुल, डाईजेपाम २३ एम्पुल र गाँजा दुई सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निजहरु सञ्जय र किरणलाई बुधबार नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles