गढीको कार्कीखोलाले बगाएका बम्जन राप्ती खोलाको बगरमा मृत फेला

लोकप्रिय

हेटौँडा, भदौ ९ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ बाट गत शुक्रबार दिउँसो खोलाले बगाएर बेपत्ता भएका एक युवकको शव मकवानपुर मनहरी गाउँपालिका ९ मा फेला परेको छ ।
मकवानपुरगढी गाउँपालिका २ तल्लो छापका विनोद बम्जनको शव स्थानीय कार्की खोलाले बगाएको तेस्रो दिन आइतबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२५ वर्षीय बम्जन वडा नं. ७ सुकौरा तल्लो छाप पसलबाट घरतर्फ जाँदै गरेको अवस्थामा वडा नं. २ तल्लो छापस्थित रहेको कार्की खोला (ह्युमपाईप राखी आवतजावत गर्न बनाईएको) मा तर्ने क्रममा अविरल वर्षासँगै गत शुक्रबार ३ः३० बजेको समयमा अचानक खोलामा पानीको बहाव बढ्न गई निजलाई बगाएको थियो ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो १ः४० बजेको समयमा मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित राप्ती खोलाको बगरमा शव उत्तानो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
मृतकको बहिनी सम्झना भोम्जनले शव दाजु भएको भन्दै सनाखत गरेको प्रहरी नावय उपरीक्षक अर्यालले बताउनुभयो ।
गत शुक्रबार नै साँझ ७ः३० बजेको मकवानपुरगढी गापा १ फूलबारीका वर्ष ४४ का बिवय सिं लामा भोम्जन काठमाडौँबाट फूलबारी घरतर्फ आउने क्रममा स्थानीय तमुनी खहरे खोला तर्न लाग्दा पानीको बहाव बढ्न बगाएरका भोम्जनको उद्धार गरिएको थियो । खोलाले बगाई करिब सय मिटर तल खोला छेउमा घाईते अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट गएको प्रहरी टोलीले राति घाइते अवस्थामा भोम्जनलाई उद्धार गरिएको थियो । शरीरका विभिन्न भागमा चोट लागेका भोम्जनको हेटौँडा अस्पतालमा उपचार भएको थियो ।

ताजा समाचार

Related Articles