९१ लाखसहित अनलाइन जुवा खेलाउने पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १० गते । प्रहरीले अनलाइन जुवा (सट्टावाजी) र लागू औषध मुद्दामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार ललितपुर महानगरपालिका वडा नं. ४ शान्तिकुना मार्गबाट अनलाइन जुवा (सट्टावाजी ) खेल्ने खेलाउने कार्यमा संलग्न सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. २ पिपलभन्ज्याङका वर्ष २६ को गौरव स्याङतानलाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त प्रहरी टोलीले कोठा भाडामा बस्दै आएका स्याङतानलाई डेराकोठाबाट नेपाली पाँच सय र एक हजार रुपियाँ दरका गरी ९१ लख ५० हजार रुपियाँसहित मोवाईल सेट ११ थान, आइप्याड, ल्यापटप, नोट (पैसा) गन्ने मेसिन र तौल गर्ने तराजु एक–एक थानसहित पक्राउ गरेको हो ।
प्रहरीले निजको कोठामा लुकाई राखेको गाँजा जस्तो देखिने डेढ के.जी. बरामद गरी थप अनुसन्धान भई रहेको जनाएको छ ।
गौरव स्याङतान नाम उल्लेख भएको विभिन्न बैंकको नामको एटिएम कार्ड आठ थान, बोर्ड र पकेट राउटर एक–एक थान बरामद भएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles