खासकुरा संवाददाता
हेटौँडा, भदौ १३ गते । भरतपुर महानगरपालिका वडा नं. २८ मा गैँडाले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. २८ स्थित राप्ती नियन्त्रण मध्यवर्ती समुदायिक वनमा स्थानीय खिमबहादुर सुनार (मिस्टर ) को गैँडाको आक्रमणबाट मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार राप्ती नियन्त्रण मध्यवर्ती समुदायीक वनमा सोही वनको कार्यालयबाट करिब एक सय मिटरभित्र बस्ने वर्ष ६२ का सुनार बिहीबार दिउँसो घाँस काट्न गएकोमा गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
उक्त स्थान इलाका प्रहरी कार्यालय दिव्यनगरबाट ८ किमि पश्चिम रहेको छ ।




