कैलाशका लालकुमारको घर बनाउन मुख्यमन्त्रीको सहयोग

लोकप्रिय

हेटौँडा, भदौ १६ गते । मकवानपुरको कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङले अब पक्की घर पाउनु हुनेभएको छ ।
जीर्ण घरमा बस्दै आउनुभएका वडा नं. ४ धुस्राङका ५० वर्षीय लालकुमारको घर बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको सहयोगमा बन्नेभएको हो ।
लालकुमारको २ कट्ठा नम्बरी र करिब ३/४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी लालकुमार श्रीमतीसँगै कृषि पेशा गरेर गाउँमा बस्दै आउनुभएको छ ।
श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अल्प अपाङ्गताको रुपमा रहनुभएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सोमबार लालकुमारको घर निर्माण गर्न सिफारिश गरेसँगै मुख्यमन्त्री बानियाँले पहिलो किस्तावापत दुई लाख रुपियाँ प्रदान गर्नुभएको थियो । अध्यक्ष मुक्तानले भन्नुभयो, सन्तान पनि छैनन्, खरको छानो, काठपातले मात्र घेरिएको अवस्था देखियो, जीर्ण अवस्थामा रहेकोले घर निर्माणका लागि सिफारिस गरेका हौं ।
मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका आवासविहीनलाई सुरक्षित घर निर्माण गर्न सहयोग प्रदान गरिएको बताउनुभयो ।
मुख्यमन्त्रीसमक्ष पत्र बुझाउन कैलाश १ का वडाध्यक्ष तेज ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा ७ का वडाध्यक्ष उदासकुमार भोलन, ८ का वडाध्यक्ष आशिष् प्रजा, ९ का वडाध्यक्ष भुवन सिं घलानलगायत नेपाली कांग्रेस कैलाश गाउँपालिकाका वडा सभापतिहरु पुग्नुभएको थियो ।
यसअघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका वडा नम्बर १ का सुमनसिं प्रजाको घर निर्माणका लागि सहयोग प्रदान गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles