मकवानपुरमा निषेधाज्ञा तथा कर्फ्यु हटाइयो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २८ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभर लगाइएको निषेधाज्ञा तथा कर्फ्यु हटाएको छ ।
भदौ २४ गतेबाट लगाइएको निषेधाज्ञा तथा कर्फ्यु आदेश शनिबारबाट हटाइएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पछिल्लो अवस्था सामान्यीकरण बन्दै गएको भन्दै भदौ २६ गतेबाट जिल्ला भर लगाएको निषेधाज्ञा तथा कर्फ्यु हटाएको जानकारी दिनुभएको छ ।
शनिबार प्रजिअ श्रेष्ठले एक सूचना जारी गर्दै शनिबार बिहान १०ः०० बजेबाट निषेधाज्ञा तथा कर्फ्यु हटाएको जनाउनुभएको छ ।
पछिल्लो समय मुलुकमा विकसित घटनाक्रम र सो पश्चात् सिर्जित असहज अवस्था सामान्यीकरण हुँदै गएको सन्दर्भमा भदौ २६ गतेबाट लागू गरिएको निषेधाज्ञा तथा कर्फ्यु आदेश शनिबार बिहान १०ः०० बजेदेखि हटाइएको छ, सूचनामा भनिएको छ ।
भदौ २४ र २५ गते हेटौँडा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाइएसँगै हेटौँडालगायतका जिल्लाका बजार, सवारीका साधन, बैंक तथा वित्तीय संस्था सुचारु भएका छन् ।
जेनजीको आव्हानमा भएको प्रदर्शन अनियन्त्रित हुन थालेपनि प्रजिअ श्रेष्ठले भदौ २४ गते दिउँसो १ बजेबाट हेटौँडाको बजार क्षेत्रका कर्फ्यु आदेश जारी गर्नुभएको थियो । तर कर्फ्यु आदेश जारी भएपछि नै हेटौँडामा रहेको वडा कार्यालयदेखि प्रदेशका सरकारका मन्त्रालय, व्यापारिक प्रतिष्ठानदेखि व्यक्तिका निजी सम्पत्तिहरुमा लुटपाट, चोरी, आगजनी र तोडफोडका घटनाहरु भएको थियो ।

ताजा समाचार

Related Articles