छ महिनाभित्र निर्वाचनबाट नयाँ संसद्लाई जिम्मेवारी दिने गरी आएको हुँः प्रम कार्की

लोकप्रिय

काठमाडौँ, भदौ २९ गते । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहणगर्दै यस्तो निर्णय गरेको जानकारी गराउनु भएको हो ।

यस्तै जेन-जी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी गराउनु भएको छ । सरकारले आन्दोलका घाइतेहरूको निशुल्क उपचार र केही राहतको  निर्णय गरेको छ ।

पदभार ग्रहण गरेपछि नवनियुक्त प्रधानमन्त्री कार्कीले  जेनजी आन्दोलनले  मुलुकको अत्यावश्यक  संस्थाका कागजातहरु जलाउनु दुःखद भएको भन्दै राज्यका महत्वपूर्ण सम्पति जलाउनेहरुमाथि अनुसन्धान गरी कारवाही गरिने प्रतिवद्धता जनाउनुभयो ।

सडकबाट जेनजी युवाहरुको मागले आफू जिम्मेवारीमा आएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन गरिने प्रतिवद्धता पनि जनाउनुभयो । सडकबाट जेनजी युवाहरूको मागले आफू जिम्मेवारीमा आएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्धता रहेको बताउनुभयो

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडका घटना सुनियोजित र लामो तयारीका साथ गरिएको हुन सक्ने बताउनुभयो । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, व्यापारिक केन्द्रलगायतका देशैभरका सम्पत्तिमाथि भएको  आगजनी लज्जास्पद भएको पनि बताउनुभयो । त्यसअघि प्रधानमन्त्री कार्कीले  आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles