प्रदेश सभाको बैठक दुई महिनापछि बस्यो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २४ गते ।
बागमती प्रदेशको प्रदेश सभाको बैठक दुई महिनापछि आइतबार बसेको छ । गत असार २१ गते चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित भएसँगै स्थगित गरिएको बैठक दुई महिनापछि बसेको हो । प्रदेश सभाको बैठक भदौ १८ गतेका लागि तय भएको भएपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चालु आर्थिक वर्ष बजेट प्रदेश सभाबाट पारित गर्ने क्रममा भएको सहमती कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने बताएपछि बैठक सञ्चालन हुन सकेको थिएन । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान सर्वदलीय बैठककमा बैठक सञ्चालत गर्ने सहमती जुटेपछि प्रदेश सभाको बैठक दुई महिनापछि बसेको हो ।
यसैबीच बागमती प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य डा. राजाराम कार्कीको निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै प्रदेश सभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनबाट निर्वाचित कार्कीको क्यान्सर रोग उपचारको क्रममा भदौ ६ गते निधन भएको थियो । प्रदेश सभा बैठकले कार्कीको निधनप्रति भावपूर्ण श्रद्धान्जलीसहित शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै एक मिनट मौन धारण गर्नुभएको थियो ।
प्रदेश सभाको आइतबारको बैठकमा शून्य समयमा प्रदेश सभाका सदस्यहरुले नागरिकका समस्या उठान गर्नुभएको छ ।
प्रदेश सभा सदस्यहरु उद्धब थापा, उर्मिला कुमारी, केशवप्रसाद पोखरेल, डा दिनेशचन्द्र देवकोटा, मातृकाप्रसाद भट्टराई, माया श्रेष्ठ, रामेश्वर श्रेष्ठ, मायादेवी शर्मा, बालकुमारी विश्वकर्मा, वसन्तप्रसाद मानन्धर, सुरेन्द्रराज गोसाइ, सिर्जना सायजु, गीता काफ्लेले नागरिकका समस्या र सासामयिक विषयमा धारणा राख्नुभएको थियो ।
यस्तै प्रदेश सरकारले प्रदेश सभा चार विधेयक पेस गरेको छ ।

ताजा समाचार

Related Articles