काठमाडौँ, भदौ ३१ गते। यस वर्षको बडा दशैंको टीकाको साइत असोज १६ गते विहिवार विहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस पटक बडादशैंको घटस्थापनाको साइत असोज ६ गते सोमवार बिहान ९ बजेर १३ मिनेटमा र टीकाको साइत ११ बजेर ५३ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गर्नुभएको हो। 




