दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु

लोकप्रिय

हेटौँडा, असोज ८ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ वस्तीपुरमा भएको दुर्घटतामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।
हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा पर्वत मोदी गाउँपालिका–६ कि ३६ वर्षीया लक्ष्मी रानाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
सोमबार भएको उक्त दुर्घटनामा ३९ जना घाइते भएका थिए । घाइतेहरुको उपचार हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा गरिएको थियो ।
चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्केर बस अनियन्त्रित भएर हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको माल बाहक ट्रकसँग ठक्कर खान जाँदा ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्यांकरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ ।

ताजा समाचार

Related Articles