अदालत पूर्ववत सेवा प्रवाहका लागि प्रयास गर्दै

लोकप्रिय

हेटौँडा, असोज २३ गते । गत भदौमा भएको जेनजीको विद्रोहको निशानामा परेको मकवानपुर जिल्ला अदालत, मकवानपुरले अदालतबाट प्रवाह गर्ने सेवामा संकुचन गरेकोमा सेवा थप गरेर सुरु गरेको छ ।
गत भदौ २४ गते तोडफोड र आगजनीपछि भदौ २९ गतेबाट सीमित सेवा प्रदान गरेको जिल्ला अदालतले बुधबारबाट थप सेवा सुरु गरेको हो ।
जिल्ला अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाका कारण अदालतको भौतिक संरचना एवं सूचना प्रणाली क्षतिग्रस्त भएको हुँदा नियमित कामकारवाहीहरु अवरुद्ध भई तत्कालका लागि बन्दीप्रत्यक्षीकरण, पक्राउ अनुमति÷स्वीकृति, कल डिटेल, म्याद थप र थुनछेकको सुनुवाईको कार्य शुरु गरिएको थियो ।
जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले कसूर ठहर भई सजाय निर्धारण बाँकी रहेका मुद्दाहरुमा सजाय निर्धारणको सुनुवाईलगायतका कार्यहरु बुधबारबाट सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले अदालतबाट प्रवाह हुँदै आएका सेवाहरु अदालतमा क्षति पुगेपछि अधिकांश सेवा असुविधाका कारण संकुचन गरिएकोमा सहज वातावरण बन्दै गएपछि सेवा प्रवाहलाई विगत जस्तै निरन्तरता दिन थालिएको बताउनुभयो ।
अदालतले बुधबारबाट अभियोग पत्र साथ पेश भएका एवं फरार भई पक्राउ प्रतिवादीहरुको वयान, थुनछेक, फिराद दर्ता, प्रतिउत्तर दर्ता, बकपत्र, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ सम्बन्धी निवेदन, प्यारोल सम्बन्धी निवेदन दर्ता र सुनुवाई, . पुरक निवेदन दर्ता तथा सो को सुनुवाई, नियमित तारेख र मुद्दा मिलापत्र, मुद्दा फिर्ता सम्बन्धी कार्यहरु सुरु गरेको छ ।
यस्तै, तहसिल शाखाबाट सम्पादन हुने सबै कार्यहरु, अभिलेख शाखाबाट सम्पादन हुने सबै कार्यहरु, विशेष प्रकृतिको निवेदनहरु दर्ता तथा सो को सुनुवाई र कसूर ठहर भई सजाय निर्धारण बाँकी रहेका मुद्दाहरुमा सजाय निर्धारणको सुनुवाईसम्बन्धी कार्यहरु अदालतले पुनः सुरु गरेको अदालतले जनाएको छ ।
साथै थप सेवा प्रवाह पुनः निर्णय गरी प्रदान गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २३५ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९ बमोजिम गुज्रिएको म्याद÷ तारेख तथा सो अवधिमा मुद्दा गर्ने हदम्याद गुज्रिएको भए बुधबारबाट बाटोको म्याद बाहेक ३० (तीस) दिनभित्र थाम्न थमाउन सकिनेछ र सो अवधिमा अर्थात भदौ २३ गतेदेखि असोज २१ गतेसम्ममा गुज्रिएको तारेख, म्याद, हदम्याद गुज्रने छैन ।

ताजा समाचार

Related Articles