मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा घोषणा

लोकप्रिय

जनकपुरधाम , असोज २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सभामा आज सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको छ । विश्वासको मत लिने कार्य सूचीसहित प्रदेश सभाको बैठकमा उपस्थित भएर सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आफूले राजीनामाको घोषणा गरेको बताउनुभयो ।

मुख्यमन्त्रीले राजीनामा दिने घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी निर्णय प्रदेश सभामा पेश गर्नुपर्ने अवस्था नभए पनि प्रदेश प्रमुख समक्ष लिखित रुपमा राजीनामा पेश गर्न मुख्यमन्त्रीलाई निर्देशन दिनुभयो । त्यससँगै मधेश प्रदेश सभाको अर्को बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।

ताजा समाचार

Related Articles