काठमाडौँ , असोज २८ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्कालका लागि होम एण्ड अवे लिग सम्भव नभएको निष्कर्ष निकालेको छ ।

मङ्गलवार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव किरण राईले प्रस्तावित होम एन्ड लिगका बारेमा जानकारी गराउनुभएको हो ।

शीर्ष डिभिजन क्लबहरूले प्रस्तावित लिगका लागि ८–१० महिना तयारी समय लाग्ने कुरा गरेपछि हामी यो निर्णयमा पुगेका महासचिव राईले जानकारी गराउँदै तत्कालका लागि पुरानै संरचनामा लिग सञ्चालन गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । क्लबहरूसँग छठपछि यस विषयमा छलफल एन्फाले जानकारी गराएको छ ।
