हेटौँडा, कात्तिक २ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका १० बसपार्क गुम्बा नजिक रहेको खाजा घरबाट तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ ।

दर्ता नभएको उक्त खाजाघरबाट छ लाख छ हजार ३१० रुपियाँ नगद र ११ बुक ताससहित तास खेलिरहेकाहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले हेटौँडा १० कर्राका खाजा घर संचालक ३५ वर्षीय हिरालाल मोक्तान, निजको श्रीमती ३५ वर्षीया वसन्ती ब्लोन, टिसिएन रोडका ३७ वर्षीय अर्जुन तामाङ, न्युरेनीका ३८ वर्षीय टुम बहादुर वाइबा र बसपार्कबी ५० वर्षीया राम माया राना नियन्त्रणमा लिएको छ ।

यस्तै, हेटौँडा ४ हुप्राचौरकी ५० वर्षीया हिरा माया थिङ, ३० वर्षीया शान्ति माया तामाङ, हेटौँडा १० बसपार्ककी ६६ वर्षीया कान्छी माया ब्लोन, हेटाँैडा ११ थानाभ¥याङकी ४५ वर्षीया सीता लामा, मकवानपुरको बागमती गाउँपालिका ५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका ४ का ३० वर्षीय अनिल थापालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले बताउनुभयो ।




