हेटौँडा, कात्तिक २ गते । मकवानपुर, मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजालाई भरूवा बन्दुक २ थान प्रहरीले पक्राउ गरेको छ । साथै शुक्रबार राति अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान समेत निजको साथबाट प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस्तै हुम्ला, सिमकोट गाउँपालिका-७ चुकेडी भिर भन्ने स्थानबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही गाउँपालिका-७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




