मुख्यमन्त्री बानियाँद्वारा विपन्न महिलालाई घर हस्तान्तरण

लोकप्रिय

हेटौँडा, कात्तिक २ गते । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आर्थिक सहयोगमा निर्माण गरिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरेकी एकल महिला मिठुमाया सुनारलाई हस्तान्तरण गरिएको छ ।

मुख्यमन्त्री बानियाँले आफूले पाउने सेवा सुविधाबाट आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकका लागि घर निर्माण गर्ने घोषणा गर्नुभएका बानियाले आइतबार एक कार्यक्रमका बिच सुनारलाई घर हस्तान्तरण गर्नुभएको हो ।  गाउँपालिकाको सिफारिसका आधारमा अत्यन्त विपन्न अवस्थामा रहेकी मिठुमायाको लागि चार लाख ६५ हजार रुपियाँको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

आरसीसी संरचनाको विजुली,   पानी र शौचालय सुविधा सहितको तीन कोठे  घर  हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेशभरिका एक हजार विपन्न नागरिकका लागि घर निर्माण गर्ने योजना बनाइएको सुनाउनुभयो । राजनीति समाजसेवाको माध्यम भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाले भन्नुभयो आयआर्जनका लागि किस्ताबन्दीमा दुई लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराउने प्रदान गर्ने योजनासमेत रहेको छ ।

मुख्यमन्त्री बानियाले प्रदेश सरकार गरिबमुखी, गाउँमुखी, सेवामुखी, विकासमुखी, आयमुखी र न्यायमुखी बनाउने लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो ।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले प्रदेश सरकारले विपन्न समुदायलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो । घर प्राप्त गरेपछि मिठुमाया सुनारले आफूले सोचेभन्दा राम्रो घर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री बानियाले मिठुमायालाई जिविकोपार्जनका लागि बाख्रा पालन गर्न २० हजार रुपैयाँ नगद सहयोग  गर्नुभयो । सहकारी मन्त्री रायमाझीले भाडाकुडा र खाद्यान्न सहयोग गर्नुभएको थिया ।

कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार तथा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, वडा नं. ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य राख्नुभएको थियो । मुख्यमन्त्री बानियाले आफ्नो निर्वाचन क्षेत्रका राक्सिराङ र कैलाश गाउँपालिकामा निर्माण भइरहेको घर तिहारपछि हस्तान्तरण गर्ने तयारी गरिएको छ।

ताजा समाचार

Related Articles