अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

लोकप्रिय

मुग्लिन,  भदौ २६ गते । 

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको  इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । 

पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका  सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो । पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles