गृहमन्त्री अर्यालले मधेस प्रदेशको भ्रमण गर्ने

लोकप्रिय

काठमाडौँ, कात्तिक ९ गते । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जानुहुने भएको छ। मन्त्री अर्यालसँगै भ्रमण दलमा उद्योग र कानुन मन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहनुहुनेछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उहाँहरू भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

सोमबार र मङ्गलवार गरी उहाँ दुई दिन मधेसमा रहनुहुनेछ। त्यस क्रममा उहाँले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। यस्तै उहाँ छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुनुहुनेछ।

ताजा समाचार

Related Articles