काठमाडौँ, कात्तिक २९ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित शनिबार जनसभा आयोजना गरेको छ ।

एमाले नेताहरुले जनसभालाई सम्बोधन गर्दै राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो। देशको राष्ट्रियतासँगै लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको भन्दै एमाले नेताहरुले राष्ट्रियताका रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने भन्दै देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जनताले जोगाउन सक्ने बताउनुभयो। जनता नै सर्वपरि शक्ति भएको उहाँहरुको भनाइ छ।

आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नुभएको छ । यसैगरी हेटौँडाको कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले, रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गर्नुभएको छ ।




