थाहा नगरमा स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २९ गते । मकवानपुरको थाहा नगरपालिका कार्यालयको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको सहयोगमा मुटु रोगसम्बन्धी दुई दिन निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा मुटु रोग, रक्तचाप, मधुमेह (सुगर) जाँच तथा फिजियोथेरापीलगायतका सेवा शिविरमा उपलब्ध गराइएको थियो ।

दम, दन्त रोगलगायतका विभिन्न रोगको परीक्षणसँगै शिविरमा रोगको प्रकृति अनुसार १५ दिनभन्दा बढीको लागि औषधी निःशुल्क वितरण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहाका संयोजक बिमलकुमार ढकालले जानकारी दिनुभयो ।

शिविरमा सिनियर जनरल तथा फिजिसियन प्रा. डा. सुमन कर्माचार्य र मुटुरोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट) ले परामर्श दिनुभएको थियो ।
शिविरमा ३७३ जनाले अल्ट्रासाउन्ड, इसिजी, पिएफटी, इकोलगायतका सेवा लिएको आयोजकले जानकारी दिएको छ ।
शिविरमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

ताजा समाचार

Related Articles