बाँके, कात्तिक २९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उहाँले राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न पार्टी क्रियाशील रहेको बताउनुभयो ।

“जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छाैँ”, उहाँले भन्नुभयो । राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “देशको सङ्कट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।




