खासकुरा संवाददाता
हेटौँडा, कात्तिक ३० गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १० स्थित सडक डिभिजन कार्यालय गेट अगाडि मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
पूर्व पश्चिम सडक खण्डमा चितवनबाट बारा सिमरातर्फ जान आउँदै गरेको ना ४२ प ११९१ को सुपर स्पिलिडर मोटरसाइकल र विपरीत दिशा हेटौँडा बजारबाट लेवटतर्फ जाँदै गरेको बा ६५ प ७५१७ न.को एफजेड मोटरसाइकल शनिबार एकआपसमा ठक्कर खान गई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा ना ४२ प ११९१ को मोटरसाइकलका चालक भरतपुर महानगरपालिका ७ पिपलचोक बस्ने वर्ष २५ को सिद्धार्थ रेग्मी, सोही मोटरसाइकल पछाडि सवार भरतपुर ३ बारधा बस्ने वर्ष २२ का सरोज योञ्जन रहेका छन् । दुवै जनालाई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।

यस्तै बा ६५ प ७५१७ न.को मोटरसाइकलका चालक हेटौँडा उपमहानगरपालिका ३ बसामाडी बस्ने वर्ष २९ को सन्दिप घोरासैनीको बायाँ हातको हत्केला र बुढी औलामा चोट लागेकोमा उपचार पश्चात् डिष्चार्ज भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको प्रहरीको भनाई छ ।
दुवै मोटरसाइकलसमेत प्रहरीको नियन्त्रणमा रहेको छ ।




