छोरी संरक्षण कार्यक्रम 

लोकप्रिय

गौर, भदौ २७ गते । 

रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीले छोरी संरक्षण कार्यक्रम अन्तर्गत ४० जना छोरीको अभिभावकलाई जनही पाँच हजारको चेक हस्तान्तरण गरेको छ । मत्सरी गाउँका २०७९ जेठ ५ देखि २०८० असार २५ गतेसम्म जन्मिएका सम्पूर्ण छोरीका अभिभावकहरूलाई वडाध्यक्ष धर्मेन्द्र कुमार झाले चेक हस्तान्तरण गर्नुभएको हो ।

मत्सरी दुर्गा मन्दिरमा आयोजित एक कार्यक्रमकाबिच वडाध्यक्ष झाले छोरी संरक्षण कार्यक्रम अन्तर्गत अभिभावकहरूलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो । छोरी संरक्षण कार्यक्रम अन्तर्गत चेक हस्तान्तरण गर्नुहुँदै वडाध्यक्ष झाले आफूले घोषणा गरेको अनुसार ४० जना जन्मिएको छोरीको अभिभावकलाई चेक हस्तान्तरण गरेको बताउनुभयो। उहाँले समाजमा रहेका विद्यमान लैङ्गिक विभेद अन्त्य गर्न तथा उनीहरूको संरक्षणको लागि आफूले घोषणा गरेको कार्यक्रम अनुसार आज ५ हजारको दरले जनही चेक हस्तान्तरण गरेको बताउनुभयो ।

उहाँले छोरा छोरीबिच कुनै किसिमको विभेदलाई अन्त्य गरी छोरा जस्तै व्यवहार छोरीसँग गरेर एउटा जागरूक नागरिक तथा देश विकासमा छोरीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा समाजसेवी मनोज कुमार झाले छोरा जस्तै छोरीलाई पनि समान व्यवहार गर्नुपर्ने अभिभावकहरूसँग आग्रह गर्नुहुँदै छोरीको पनि छोरा जस्तै पालनपोषणदेखि लिएर अध्ययन अध्यापन लगायतका हरेक क्षेत्रमा विभेद नगर्न अभिभावकहरूसित समेत आग्रह गर्नुभयो ।

छोरी संरक्षण कार्यक्रममा लाभान्वित भएका अभिभावकहरूले वडाध्यक्ष झाको निकै नै सराहनीय कार्य रहेको भन्दै यसले छोरी जन्मिने बित्तिकै घरपरिवारमा हुने निराशा अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

वडाध्यक्ष झाको अध्यक्षता भएको छोरी संरक्षण कार्यक्रम अन्तर्गत चेक हस्तान्तरण कार्यक्रममा समाजसेवी मनोज कुमार झा, मङ्गल मिश्र, पूर्व वडा सदस्य कमलेश झा, नवीन कुमार झा लाभान्वित परिवार लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles