मकवानपुर, साउन ६ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठगीमा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ६ का २४ वर्षीय रबिन गौतमले जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रकाउ गरिएको हो । हेटौँडा औद्योगिक क्षेत्रस्थित पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिबाट जनही तीन हजार रुपियाँका दरले विभिन्न व्यक्तिहरुसँग रकम असुली गरी जागिर नदिएको भन्दै निवेदन प्राप्त भएकोले निज गौतमलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
गौतमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्ने क्रममा निजले दुई सय जनाभन्दा बढी व्यक्तिलाई जागिरको प्रलोभन देखाई ठगी गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक काफ्लेले भनाई छ ।
मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ठगीसम्बन्धी कसुरमा म्याद अनुमती लिई गौतममाथि थप अनुसन्धान भईरहेको छ ।




