छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

लोकप्रिय

काठमाडाैं,  मङ्सिर  ७ गते । तीन जिल्लामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । काठमाडौँ, मोरङ र कपिलवस्तुमा भएको दुर्घटनामा बस, मोटरसाइकल र थ्रेसर दुर्घटना हुँदा मृत्युभएको हो ।

काठमाडौं महानगरपालिका–३२, कोटेश्वर चोकमा गुडिरहेको बा.३ ख ७३८७ नम्बरको बसबाट खस्दा सोही बसले किचेर सहचालक सुरेन्द्र गाले (४१), भक्तपुर–१० को मृत्यु भएको प्रहरी जनाएको छ। गम्भीर घाइते सुरेन्द्रलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो तर बचाउन सकिएन। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

यस्तै मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित सडकमा स.३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुरज नुनिया (१९), राजविराज–१ को मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते अवस्थामा बिराट टिचिङ अस्पताल, गंगाचोकमा भर्ना गरिएका नुनियाको उपचारकै क्रममा निधन भएको हो।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३, लक्ष्मीनगरमा लु.३ त ५९५० नम्बरको थ्रेसर पल्टिँदा थ्रेसरमा सवार पिताम्बर लोनिया (४२), झण्डेनगर को घटनास्थलमै मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ। थ्रेसर चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएकाे छ ।

ताजा समाचार

Related Articles