एनपिएलमा: विराटनगरको जित

लोकप्रिय

काठमाडौँ, मङ्सिर १२ गते। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज भएको दोश्रो खेलमा विराटनगर किंग्स विजयी भएको छ।

कर्णाली याक्सलाई १ बल बाँकी  छँदा ३ विकेटले विराटनगरले रोमाञ्चक जित निकालेको हो । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १ बल बाँकी रहँदा पुरा गरेको हो । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६२ रन बनाउनुभएको हो।

ताजा समाचार

Related Articles