राक्सिराङमा हाटबजार र मेला हुँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १५ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ पलाँसेमा दुई दिने कृषि हाटबजार तथा भ¥याङकालिका मेला हुने भएको छ । स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कृषि हाटबजार तथा भ¥याङकालिका मेला मङ्गलबार र बुधबार हुने भएको हो ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को कार्यालयको आयोजनामा हुन गईरहेको मेलाको पहिलो दिन मंसिर १६ गते कृषि हाटबजार सञ्चालन हुने छ । हाटबजारमा स्थानीय किसानद्वारा उत्पादित गेडागुडी, तरकारी, पशुपन्छीको मासु तथा परिकारहरु, स्थानीय खानाको परिकारहरु बिक्रीका लागि राखिने भएको छ । स्थानीय उत्पादनका स्टलहरू आकर्षणका रूपमा रहनेछ ।

यस्तै, मंसिर १७ गते भ¥याङकालिका मेलामा चेपाङ, तामाङ र मगर समुदायका मौलिक नृत्य, बाँसुरी धुन, पञ्चेबाजा, खैजडी भजन, टुङ्गना र डम्फुको प्रस्तुतिसहित सांस्कृतिक विविधता झल्किने कार्यक्रम तयारी भइरहेको स्थानीय सन्तोष थापा मगरले जानकारी दिनुभयो ।
मेलामा चर्चित कलाकारहरू सानु के.सी., स्मृति गौतम, रविन कुमार चेपाङ, गिता तामाङ, उद्धव कार्की, लक्ष्मी दर्नाल, गोकुल ढकाल, बल बहादुर वाइबालगायतको प्रस्तुति रहने जनाइएको छ । May be an image of text

ताजा समाचार

Related Articles