निर्माण दिवसमा बालगृहमा खाद्यान्न सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २२ गते । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नं. ५ मा रहेको बालगृहमा खाद्यान्न सहयोग गरेको छ ।
संघले १८ औँ राष्ट्रिय निर्माण दिवस २०८२ को अबसरमा सोमबार ग्रामीण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित हाम्रो घर बालगृहमा खाद्यान्न सहयोग प्रदान गरेको हो ।

संघका पदाधिकारी तथा सदस्यहरुले बालगृह परिसरमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष इन्दिरा डल्लाकोटी न्यौपानेलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी सीताराम बर्तौलाले निर्माण व्यवसायी संघले गरेको सहयोग उदाहरणीय भएको भन्दै समाजका आर्थिक र सामाजिक रुपमा कमजोर वर्गलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्र चौलागाई, कोषाध्यक्ष अनल श्रेष्ठ, कार्यसमिति सदस्यहरु अधिरलाल जोशी, आकाशकुमार गोले, भरतप्रसाद सापकोटा, चेतबहादुर थापा मगर, टाका राज थापा (सुरेस), नवीन जोशीलगायतको उपस्थिति रहेको थियो ।
निर्माण व्यवसायी संघ मकवानपुरले बालगृहमा चामल, दाल, तेल, नून, चिनी, चियालगायतका खाद्यान्न सहयोग प्रदान गरेको हो ।

ताजा समाचार

Related Articles