संस्कृत वेद विद्यालयको रजत महोत्सव सम्पन्न

लोकप्रिय

हेटौँडा, असार ५ गते । हेटौँडा उपमहानगरपालिका १० स्थित संस्कृत वेद विद्यालयको २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार विद्यालयमा महत्वपूर्ण योगदान गर्ने र सहयोगीलाई सम्मान गर्दै महोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक आदरणीय गणेश धितालज्यूले गर्नुभएको थियो।
कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, हेटौँडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट, उद्योग संघ मकवानपुरका अध्यक्ष हरि मास्के, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरणबहादुर जोशी, मकवानपुर क्याम्पसका क्याम्पस प्रमुख यम सिलवाल, नेपाल महर्षि वैदिक फाउन्डेसन फर वैदिक कल्चरका तर्फबाट केशवप्रसाद खतिवडा, विद्यालयका सल्लाहकार उत्तम शर्मा ढकाललगायतको उपस्थिति रहेको थियो ।

रजत महोत्सवकै विशेष अवसरमा विद्यालयद्वारा प्रकाशित “वेदवाणी” स्मारिकाको विमोचन गरिएको थियो । कार्यक्रममा आजीवन पितृस्मृति सदस्यता ग्रहण गर्नुहुने सात जना, संस्थागत आजीवन सदस्यता ग्रहण गर्नुहुने चार संस्था÷व्यक्ति, विशिष्ट आजीवन सदस्यता ग्रहण गर्नु हुने सात जना तथा आजीवन सदस्यता ग्रहण गर्नुहुने ६६ जनालाई सम्मान गर्नुको साथै सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी विद्यालयका पूर्व शिक्षकहरु र विद्यालयको स्थापनाकालदेखि विद्यालयको उन्नयन, विकास तथा सञ्चालनमा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा गतवर्षको वार्षिक परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने तथा विद्यालयका अतिरिक्त क्रियाकलापहरूमा सक्रिय रूपमा सहभागी भई विशिष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।
यसै अवसरमा तुलसी मेयर आवासीय माध्यमिक विद्यालय तथा नारायणी कलेजका संस्थापक अध्यक्ष बद्रीनाथ शर्माले आफ्नो संस्थाको तर्फबाट विद्यालयलाई वार्षिक ६० हजार रुपियाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा हेटौँडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले विद्यालयको भवन निर्माणका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट १५ लाख बजेट विनियोजन भइसकेको जानकारी गराउँदै वडा नं. १० को तर्फबाट थप १५ लाख रुपियाँ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ताजा समाचार

Related Articles