खेलाडीले देशको गौरव र उचाइ बढाउने विश्वास

लोकप्रिय

काठमाडौँ, भदौ २८ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्रीले नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवम् संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध जनाएको जानकारी दिनुभयो ।

‘‘मैले पटक–पटक जोड दिएर भन्दै आएको छु– खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठुलठुला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ । त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।’’

त्यस्तै, १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई प्रधानमन्त्रीले भन्नुभयो उहाँले यसपटक थप राम्रो गर्नुहुने, देशको गौरव र उचाइ बढाउनुहुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नुहुने जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालबाट पहिलोपटक यति ठुलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गर्ने मैले विश्वास लिएको छु ।’

ताजा समाचार

Related Articles